सगरमाथा इन्स्योरेन्स नाफा साढे २८ करोड माथि, प्रतिशेयर आम्दानी रु.३४.५४ अन्य सूचकको अवस्था कस्तो ?

१ बर्ष अगाडि

काठमाडौं- सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.६० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २८ करोड ५४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १५ प्रतिशतले बढेर १ अर्ब ९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ९५ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १० करोड ८५ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत २९ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६० करोड ८६ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब १८ करोड २५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ११ करोड ३६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ५४ पैसा, प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.९० गुणा बढी रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया