सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक, बचत देखि ऋण लिदाँ कति प्रतिशत ?

१ बर्ष अगाडि

काठमाडौं- सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले ब्याजको आधारदर थप गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकको ब्याजको आधारदर ९.६१ प्रतिशत कायम गरेको छ । ऋण लिनेले आधारदरमा ७ प्रतिशत थप गरेर ब्याज तिर्नु पर्नेछ। 

१ बर्ष अगाडि

प्रतिक्रिया