ताप्लेजुङको फक्ताङलुङमा तोडियो एमालेको विरासत : गाउँपालिका अध्यक्षमा माओवादीका मुक्ति विजयी

१ बर्ष अगाडि

ताप्लेजुङ ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बू (मुक्ति) निर्वाचित भएका छन् । 

लिम्बू २ हजार ६ सय ६० मत ल्याएर निर्वाचित भएका हुन् । उनले निवर्तमान पालिका अध्यक्ष समेत रहेका नेकपा (एमाले) उम्मेदवार सरोज लिम्बूलाई ३ सय ४८ मतान्तरले पराजित गरेका छन्  । 

सरोजले २ हजार ३ सय १२ मत ल्याएका छन्  । उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन साम्रा लिम्बू निर्वाचित भएका छन् । उनले २ हजार ३ सय ५८ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेकी शान्ति माया लिम्बू (पौडेल) ले २ हजार २ सय १२ मत प्राप्त गरेकी छिन् । त्यहाँ अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसले पाउने गरी गठबन्धन थियो ।

जिल्लामा हालसम्म ३३ वटा वडाको मतगणना सकिएको छ । पछिल्लो परिणाम अनुसार गठबन्धन तर्फका उम्मेदवार फुङ्लिङ नगरपालिका सहित ३ स्थानीय तहमा गठबन्धन अगाडि देखिएको छ । भने बाँकी पालिकामा नेकपा एमालेले अग्रता लिएको छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया