अर्घाखाँचीका २२ वटा वडाको नतिजा सार्वजनिक, कुन वडामा कसको जित ?

१ बर्ष अगाडि

काठमाडौं- अर्घाखाँचीमाका ६ वटा स्थानीय तहमध्ये ३ नगरपालिका र ३ गाउँपालिकाका २२ वटा वडाको मतपरिणमा सार्वजनिक भएको छ । जिल्लाका ६१ वडामध्ये २२ वडाको अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ । जसमध्ये १० वटा वडामा नेकपा (एमाले)ले जितेको छ भने ९ वटामा नेपाली कांग्रेसले जित हात पारेको छ । यस्तै नेकपा (माओवादी केन्द्र) २ र राष्ट्रिय जनमोर्चाले १ स्थानमा जित हासिल गरेको हो ।

 जसमध्ये एमालेबाट भुमिकास्थान नगरपाकिाल वडा नम्बर १० मा खगेश्वर पन्थी, पाणिनी गाउँपालिका वडा नम्बर ८ मा रोमबहादुर पाण्डे, मालारानी गाउँपालिका वडा नम्बर १ मा दधिराम आचार्य, छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा भिमलाल खनाल, पाणिनी गाउँपालिका वडा नम्बर ७ मा गुनाखर अधिकारी, छत्रदेव गाउँपालिका वडा नम्बर १ मा काजिबाबु ज्ञवाली, छत्रदेव गाउँपालिका वडा नम्बर ८ मा भीष्म कुँवर र मालारानी गाउँपालिका वडा नम्बर ८ बाट नरेन्द्र बस्नेत, भुमिकास्थान नगरपालिका वडा नम्बर ९ मा खेमराज चुँदाली, सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा मोतिजंग रायमाझी एमालेबाट निर्वाचित भएका छन् ।

 यस्तै, कांग्रेसकोबाट सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा माधव श्रेष्ठ, भुमिकास्थान नगरपालिका वडा नम्बर १ मा गोपाल प्रसाद खनाल, पाणिनी गाउँपालिका वडा नम्बर १ मा कमल पोख्रेल, पाणिनी गाउँपालिका वडा नम्बर २ मा चन्द्रकान्त पौडे्ल, छत्रदेव गाउँपालिका वडा नम्बर ५ मा बालकृष्ण पोख्रेल, शितगंगा नगरपालिका वडा नम्बर १ मा मान बहादुर सिंजापती, शितगंगा नगरपालिका वडा नम्बर १४ मा दामोदर न्यौपाने, सन्धिखर्क नगरपालिका वडा नम्बर १२ मा नारायण खड्का, पाणिनी गाउँपालिका वडा नम्बर ३ मा युवराज ज्ञवाली निर्वाचित भएका हुन ।

 त्यस्तै, नेकपा माओवादी केन्द्रबाट मालारानी गाउँपालिका वडा नम्बर ९ मा महेन्द्रबाबु खनाल र मालारानी गाउँपालिका वडा नम्बर २ मा योगेन्द्र भुसाल निर्वाचित भएका हुन् । यस्तै जिल्लाका ६ वटा पालिका मध्ये सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा नेकपा एमालेले जारी मत गणना अनुसार अग्रता स्थान कायम राखेको छ । यता भुमिकास्थान नगरपालिकामा संयुक्त गठबन्धनले अग्रता कायम गरेका छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया