गायक राजु लामाले गरे सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथाको आरोहण

१ बर्ष अगाडि

काठमाडौं - गायक राजु लामाले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । आज बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए ।

इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए ।

उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागि थिए । जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेका हुन् । साथै ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेका थिए ।

१ बर्ष अगाडि

प्रतिक्रिया