काभ्रे जिल्लामा १३ स्थानीय तहमध्ये ६ नगरपालिका र ७ गाउँपालिकाका ४२ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका १ सय ३५ वडामध्ये ४२ वडाको अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ । जसमध्ये १९ वडामा नेपाली कांग्रेसले जितेको छ भने १५ वटा वडामा नेकाप (एमाले) ले जित हात पारेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) ले ६ र स्वतन्त्र उम्मेवदारले १ स्थानमा हासिल गरेको हो ।
जिल्लाको महाभारत गाउँपालिका ४ वडाको मतपरिणाम सार्वजनिक हुदाँ वडा नं। १ र २ मा माओवादी, २ र ३ मा कांग्रेसले जित हात पारेको छ । पोखरीचारी गाउँपालिकाको वडा १ मा कांग्रेस,२ मा एमाले र ३ मा माओवादीले विजयी भएको हो ।
यसैगरी, नमोबुद्ध नगरपालिकामा वडा १ मा स्वतन्त्र उम्मेदवारले र २ र ३ मा कांग्रेसले जितेको छ । तेमाल गाउँपालिकामा वडा १ मा एमाले जितेको छ । बेनाथचोक गाउँपालिका वडा १ मा कांग्रेस विजयी भएको छ ।
त्यसैगरी, रोशी गाँउपालिका वडा नं. १ मा एमाले, २ र ३ मा कांग्रेस निर्वाचित भएको छ । भुम्लु गाउँपालिका वडा १ मा माओवादी, २ र ५ मा कांग्रेस र ३,४ र ६ मा एमाले जित हासिल गरेको छ ।
बनेपा नगरपालिकामा मेयर र उपमेयरमा नेपाली कांग्रेस र नेपाल समाजवादीबीच गठबन्धन भएको थियो । नगरपालिकाका ४ वडाको मतपरिणाम सर्वाजनिक हुदाँ १ र ४ मा एमाले र २ र ३ मा कांग्रेस विजयी भएको छ ।
यस्तै, धुलिखेल नगरपालिकामा ६ वटाको अन्तिम परिणाम आउँदा वडा १,४ र ६ मा कांग्रेस र २,३ र ५ मा एमालेले जित हासिल गरेको छ । धुलिखेलमा गठबन्धन भै मेयरमा नेकपा एकिकृत समाजवादी परेता पनि कांग्रेसको विद्रोही र एमाले उम्मेदवार बीच प्रतिस्वर्धा भइरहेको छ ।
पनौती नगरपालिका वडा १ मा नेपाली कांग्रेस निर्वाचित भएको छ । यो वडामा बिगतमा एमाले सुरक्षित रहेको मानिएको थियो तर यस निर्वाचनमा कांग्रेस उम्मेदवारले २०० मत अन्तरमा एमालेलाई पराजित गरेको हो । पनौती कै वडा २ र ३ मा भने एमाले विजयी भएको छ ।
मण्डन देउपुर नगरपालिकामा १ र ४ वडामा एमाले र २ र ३ वडामा कांग्रेस विजयी भएको छ ।
त्यस्तै, पाचँखाल नगरपालिकाको वडा नं. १३ मा मा भने मतदानको दिन विवाद हुदाँ मतदान स्थगित भएको थियो अब जेठ ३ गते पुन कोसिदेखामा मतदान कार्यक्रम हुनेछ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।