बालेनको जीत र हारको क्रेज, अब खोटाङ पछि गुल्मीमा पनि ३२ हजारको च्यांग्रा बाजी

१ बर्ष अगाडि

काठमाडौं महानगरमा मेयर पदका लागि यतिबेला स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता लिइरहेका छन् । 

आइतबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयालले बाजी राखेको समाचार भाइरल भएर सेलाउन नपाउँदै फेरि गुल्मीमा अर्को बाजीले चर्चा बटुलेको छ ।

गुल्मी, तम्घासका खगेन्द्र पाण्डे र अनिता खत्रीले सोमबार कागज नै गरेर ३२ हजार रुपैयाँ बराबरको च्यांग्राको बाजी हालेका छन् । बालेन विजयी भएमा अनिताले त्यो च्यांग्रा पाउने छिन् र बालेन मेयर हुन नसकेमा च्यांग्रा खगेन्द्रको हुनेछ ।

आइतबार पनि कागज नै गरेर बालेन शाह मेयर भए रमेशले २८ केजीको खसी विजयलाई दिने र बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्नुपर्ने बाजी राखिएको थियो ।


१ बर्ष अगाडि

प्रतिक्रिया