नेपाली बजारमा भिभोको भी सिरिजका स्मार्टफोनहरु उपलब्ध, के छ विषेशता ?

१ बर्ष अगाडि

काठमाडौं - भिभोले क्यामेरा र नवीनता केन्द्रित भी सिरिजअन्तर्गत स्मार्टफोनहरु नेपाली बजारमा उपलब्ध गराएको छ । भी सिरिजका फोनहरु सार्वजनिक भएसंगै यी स्मार्टफोन बजारमा निकै चर्चित बनेका छन् । 

भिभोलाई यसको क्यामेरा प्रविधिले अन्य स्मार्टफोनहरुभन्दा भिन्न बनाएको छ । हालै नेपाली बजारमा उपलब्ध भएको भी सिरिजले मोहक तस्बिर, भिडियो, अल्ट्रा–वाइड ल्यान्डस्केप, सेल्फीलगायत खिच्छन् । भी२३ फाइभजीमा आई अटोफोकस र कस्टुमाइज्ड जेएनभी सेन्सरको साथ ५०एमपी पाट्र्रेट सेल्फी प्रयोग गरेर हाइपर–क्लियर पाट्र्रेट÷तस्वीर खिच्न सकिन्छ । 

स्मार्टफोनमा डुअल टोन स्पटलाइट र अगाडि एआई एक्स्ट्रिम नाइट पाट्र्रेट रहेको छ । जसले अँध्यारो वातावरणमा एकदमै स्पष्ट र क्लियर शटहरू क्लिक गर्न सक्छ । भी२३ फाइभजीको ट्रिपल रियर क्यामेरा मोड्युलको बारेमा कुरा गर्दा यसमा ६४एमपी जीडब्लू१ सुपर–सेन्सिङ क्यामेरा, ८एमपी वाइड–एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेरासँगै सुपर नाइट मोड छन् । 

भी२३ई भिभोले सार्वजनिक गरेको एक सर्वोत्कृष्ट मोडल हो। यस स्मार्टफोनमा ५० एमपी अटोफोकस पाट्र्रेट सेल्फी क्यामेरा रहेको छ जसलाई हाल बजारमा सबैभन्दा शक्तिशाली मानिन्छ । भी२३ई मा आइसोशेल ३.० रहेको छ जसले प्रकाशको संवेदनशीलतालाई सुधार गर्छ । 

पछाडिको भागमा भी२३ई मा ६४ एमपी नाइट क्यामेरा, ८ एमपी सुपर वाइड–एंगल क्यामेरा र २ एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ र यसको सुपर नाइट मोडले प्रकाश र छायाको सन्तुलन मिलाएर जीवन्त तस्वीरहरु कैद गर्दछ । भी२३ई मा स्ट्यान्डर्ड स्टेबिलाइजेसन पनि छ। जसले भिडियो सिर्जनाकर्ताहरू, भ्लगरहरूलाई हल्लिएको र ब्लरबाट मुक्त भिडियो सुट गर्न अनुमति दिन्छ ।

७.३९एमएम अल्ट्रा स्लिम बडी र मेटल फ्ल्याट फ्रेम डिजाइनमा सुसज्जित भी२३ फाइभजी विलासिताको प्रतीक हो । यसमा भएको फ्लोराइट एजी ग्लासले सूर्यको किरणमा रंग परिवर्तन गर्दछ जसले फोनलाई अझ बढि आकर्षक बनाएको छ । 

७.३६एमएम अल्ट्रा स्लिम एजी डिजाइनको साथ भी२३ई अझ पातलो र हल्का छ । उत्कृष्ट डिजाइन र स्लीक बिल्डको साथ भी२३ई फेसन पारखीहरूका लागि तिनीहरूको स्टाइलिश पोशाक र सुरुचिपूर्ण लुकलाई समादर गर्दछ । 

यसका साथै फोन चलाउँदा प्रयोगकर्ताहरुलाई निकै रेशमी स्पर्शको अनुभव प्रदान गर्छ । भी२३ई ले सदाबहार उत्कृष्ट डिजाइन र स्टाइलका साथ स्मार्टफोनबाट उपभोक्ताका अपेक्षाहरूलाई पुनः परिभाषित गरेको छ ।

भी२३ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९२० प्रोसेसर प्रयोग गरी उद्योगको अग्रणी कार्यसम्पादन प्रदान गर्न सबै प्यारामिटरहरुमा अगाडि छ । जसले प्रयोगकर्तालाई ९०हर्ज रिफ्रेस रेट डिस्प्ले प्रयोग गरी प्रिमियम अनुभव, छिटो एप इन्स्टल गर्न तथा प्रयोग र स्विचिङ गतिको अनुमति दिन्छ । 

दुवै भी२३ फाइभजी र भी२३ई मा भएको ८ जीबी र्याम र १२८ जीबी रोमले प्रशस्त स्टोरेज प्रदान गर्दछ, साथै ८ जीबी र्यामलाई १२ जीबी र्यामको अनुभव दिन एक्स्टेन्डेड र्याम २।० वा परिष्कृत स्टोरेजको मद्दतले विस्तार गर्न सकिन्छ ।

भी२३ई मा ४४ वाटको फ्ल्याशचार्ज फिचर समावेश गरिएको छ जसले प्रयोगकर्ताको तीव्र चार्ज गरेर दैनिक आवश्यकताका लागि अविच्छिन्न प्रयोग सुनिश्चित गर्दछ । 

१ बर्ष अगाडि

प्रतिक्रिया