निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला मुलुकको सम्मृद्धिको यात्रामाथि बलत हस्तक्षेप : योगेश भट्टराई

१ बर्ष अगाडि

काठमाडौं - पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले गरेको फैसलालाई  ‘घातक र प्रतिगामी’ संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले यो विमानस्थल नेपालको हवाई उड्डयनको गेम चेञ्जर आयोजना भएको बताएका छन् ।

सर्वोच्चको निर्णयबारे उनले भनेका छन्, ‘यो नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यस मार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलत हस्तक्षेप हो ।’

उनले न्यायधीसहरुलाई यो निर्णय सच्याउन आह्वानसमेत गरेका छन् ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया