काठमाडौं - ५ महिनामा झन्डै २ लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोभिड संक्रमण विस्तारै कम हुँदै गएपछि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या विस्तारै बढ्न थालेको हो ।
सन् २०२१ को अन्तिमतिरबाट नेपालले विदेशी नागरिक आगमनमा खुकुलो नीति लिएपछि पर्यटक आगमनमा विस्तारै वृद्धि हुन थालेको हो । तथ्यांक अनुसार ५ महिनामा १ लाख ९० हजार भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपालले सन् २०२१ को सेप्टेम्बरबाट पूर्ण खोप लिएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने नीति लिएको थियो भने कोभिडका कारण बन्द रहेको विदेशी एयरलाइन्सले पनि धमाधम आफ्नो सेवा सुचारु गर्न थालेको हो ।
कोभिड अगाडि हवाई सेवा सुचारु गरेका अधिकांश एयरलाइन्सले आफ्नो सेवा सुचारु गरिसकेका छन् । नेपालको सरकारी लगानीको नेपाल एयरलाइन्स र निजी क्षेत्रको लगानी रहेको हिमालयन एयरलायन्सले पनि कोभिड अगाडिकै स्तरमा आफ्नो सेवा विस्तार गरिसकेको छ ।
नेपालले पछिल्लो समय चीनसँग हवाई सम्पर्क कायम गर्न पनि विशेष पहल गरिरहेका छन् । निजी क्षेत्रको हिमालयन एयरलाइन्सले हालै मात्र काठमाडौं कुन्मिङ सेवा समेत शुरु गरिसकेको छ भने निकट भविष्यमै चिनियाँ लगानीमा खुलेका चाइना एयर, चाइना साउदर्न, चाइना इष्टर्न, सुछ्वान एयरलाइन्सको हवाई सेवा चाँडो सुचारु गराउन नाट्टा, नेपाल पर्यटन बोर्डलगायतले चिनियाँ दुतावासमा अनुरोेध गरिरहेको बताएका छन् ।
नेपालमा जनवरीमा १६ हजार ९ सय ७५, फेब्रुअरीमा १९ हजार ७ सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ५८ हजार ३ सय ८४ र मे मा ५३ हजार ६ सय ८ जना गरी कुल १ लाख ९० हजार ७ सय ३९ जना पर्यटक नेपाल भित्रिएका छन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।