काठमाडौं- विश्वका सर्वाधिक धनाढ्य व्यक्ति एलन मस्कको टेस्ला कम्पनीका १० प्रतिशत कर्मचारीहरुको रोजगारी गुम्न सक्दछन् । मस्कले एक इन्टरनेशनल ईमेलमार्फत आफैले यसबारेमा संकेत दिएका हुन् ।
टेस्लाका सीईओ एलन मस्कले आर्थिक अवस्थाका बारेमा अत्यन्त नराम्रो महसुस भइरहेको बताएका छन् । उनले टेस्लाका करिब १० प्रतिशत कर्मचारीहरुलाई कम्पनीबाट बर्खास्त गर्नु आवश्यक रहेको बताएका छन् ।
मस्कले टेस्लाका कर्मचारीहरुलाई एक ईमेल लेखेर विश्वभरमा नयाँ कर्मचारी लिने प्रक्रिया रोक्न समेत भनेका छन् । यद्यपी टेस्लाकातर्फबाट यसबारेमा तत्काल कुनै जवाफ आएको छैन ।
कोरोना महामारीका कारण वर्क फ्रम होम अन्त्य गर्न आह्वन गरेका छन् । मस्कले यस साता नै टेस्लाका कर्मचारीहरुलाई कार्यालय फर्किन वा कम्पनी छोड्नकालागि भनेका हुन्। टेस्लाका प्रमुखले बिहीबार राती कर्मचारीहरुलाई ईमेल लेख्दै भने, टेस्लामा हरेक व्यक्तिलाई साताभरमा कम्तिमा ४० घण्टा कार्यालयमा बिताउनु पर्ने निर्देशन दिएका छन् ।
यदि कर्मचारीहरु काममा नफर्किएमा उनीहरुले राजीनामा गरेको मानिनेछ । मस्कले टेस्लाका यूएसपी कायम राख्नकालागि निरन्तर कदम उठाइरहेका छन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।