२१ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दै राष्ट्र बैंक, कहिले ?

१ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले जेठ २३ गते (सोमबार) २१ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले जेठ २४ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार (जेठ २३ गते) गर्ने भएको हो । 

राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २४ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो भदौ २१ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले १८२ का लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल भने आउँदो मंसिर २० गते परिपक्व हुनेछ ।

यसैगरी राष्ट्र बैंकले २०८० जेठ २३ गते परिवक्व हुने गरी ३६४ दिने ६ अर्ब ८३ रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ । यी ट्रेजरी बिलको जेठ २३ गते दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया