काठमाडौं- युक्रेनको केन्द्रीय बैंक ‘नेसनल बैंक अफ युक्रेन’ले ब्याजदर दोब्बरभन्दा बढीले बढाएको छ । हाल बैंकको ब्याजदर २५ प्रतिशत कायम भएको छ। यो ब्याजदर युरोपभरिमै उच्च हो।
रुसको आक्रमणपश्चात निरन्तर वृद्धि भइरहेको मुद्रास्फीतिलाई रोक्न र मुद्राको मूल्यमा आइरहेको गिरावट थाम्न युक्रेनको केन्द्रीय बैंकले ब्याजदर बढाएको हो। युक्रेनमा युद्ध सुरु भएयता व्यवसायहरु बन्द हुनुका साथै आपूर्ति शृंखलामा पनि अवरोध सिर्जना भएको छ।
विश्व बैंकले यो वर्ष युक्रेनको अर्थतन्त्र ४५ प्रतिशतले खुम्चिने प्रक्षेपण गरेको छ। युक्रेनमा मुद्रास्फीतिदर १७ प्रतिशत पुगेको छ। युक्रेनको केन्द्रीय बैंकले यो वर्ष युक्रेनको मुद्रास्फीतिदर २० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ।
युक्रेनको केन्द्रीय बैंकले १० प्रतिशतबाट २५ प्रतिशत पुर्याइएको बेन्चमार्क ब्याजदरले जनताको बचतलाई बढ्दो मुद्रास्फीतिबाट बचाउन सहयोग गर्ने जनाएको छ। यसका साथै यो कदमले अर्थतन्त्रको दबाब कम गर्नुका साथै मुद्रालाई स्थिर राख्ने बैंकले जनाएको छ।
युद्ध सुरुभएपश्चात युक्रेनले पहिलोपटक ब्याजदर वृद्धि गरेको हो। यससँगै बैंकले मुद्रास्फीति नियन्त्रणमा आएपछि ब्याजदर पुनः घटाउने संकेत गरेको छ। रुसीे आक्रमणबाट युक्रेनको १०० बिलियन डलरबराबरको पुर्वाधारमा क्षति पुगेको छ। यस्तै युद्धका कारण १ करोड ४० लाख मानिसहरु आफ्नो बासस्थान छोड्न बाध्य भएका छन्।
सैनिक रक्षालाई सुदृढ गर्न र युद्धका कारण जीविकोपार्जन गुमाएकाहरुलाई सहायता प्रदान गर्न युक्रेन सरकारले खर्च वृद्धिलाई तीव्र पारेको छ। जसका कारण मे महिनामा युक्रेनले बजेट घाटा २७ प्रतिशतले बढ्दै ७।७ बिलियन डलर पुगेको छ।
यस्तै रुसद्वारा नियन्त्रित क्षेत्रहरुमा प्रवाह गरिएको ऋण नउठ्ने तथ्य स्वीकार गर्न युक्रेनी बैंकहरु बाध्य छन्। जुन युक्रेनको अर्थतन्त्रका लागि ठूलो झड्का हो।
रुसले आक्रमण गरेको १०० दिन नाघ्दा ४५०० युक्रेनी जनताले ज्यान गुमाइसकेका छन् भने अस्पताल र विद्यालयहरु ध्वस्त भएका छन्। यस्तै बन्दरगाहहरु अवरुद्ध भएका छन्। यसले युक्रेनको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको निर्यातलाई ठप्प पारेको छ।
स्मार्टफोन र कारहरुमा प्रयोग हुने माइक्रोचिप्सको निर्माणका लागि आवश्यक पर्ने नियोन ग्यासको विश्वको करिब ५० प्रतिशत आपूर्ति युक्रेनका जम्मा दुई कम्पनीबाट हुने गर्छ। यस्तै विश्वको १८ प्रतिशत जौ, १६ प्रतिशत मकै र १२ प्रतिशत गहुँको आपूर्ति युक्रेनबाट हुने गर्छ। –एजेन्सी
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।