ताप्लेजुङ - नेकपा एमालेका सचिव एवं संघीय सांसद योगेश भट्टराईले स्थानीय तह निर्वाचनमा गठबन्धनको घेरा तोड्न सफल भए पनि अलिकति घाइते हुनुपरेको बताएका छन् । गृह जिल्ला ताप्लेजुङमा आइतबार निर्वाचित जनप्रतिनिधिलाई बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा सिपाही सामान्य घाइते हुँदा उसको युद्ध नसकिने र अझ रणनीतिक कौशलताका साथ अगाडि बढ्नुपर्ने बताए ।
जनपक्षीय उम्मेदवारलाई जिताउन २०४३ को निर्वाचनदेखि प्रजातन्त्र प्राप्तिपछिका हरेक निर्वाचनलाई मूल्यांकन गर्दा यो पटक पार्टीमा सबैभन्दा बढी अन्तर्घात भएको आफूले पाएको पनि उनले दाबी गरे ।
पार्टीमा बसेर अन्तर्घात गर्नु गैरजिम्मेवार कार्य भएको भन्दै उनले यसको पृष्ठभूमिदेखि नै गएर समीक्षा गर्नुपर्ने पनि बताए । भने, ‘मैले ४३ सालदेखिको निर्वाचन नजिकबाट देखे भोगेको छु । नेकपा एमालेभित्र पहिलो पटक अन्तर्घात भन्छन् हो त्यस्तो यत्ति ठूलो देखिएको छ, यसको गम्भीर समीक्षा गर्नुपर्छ ।’ उम्मेदवार छनौटदेखि नै कमजोरी भयो कि, किन भयो भनेर समीक्षा गर्नुपर्ने उनले बताए ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै भट्टराईले एमाले दुई/चार सिट जितेर च्याँखे थाप्ने पार्टी नभएको दाबी गर्दै कार्यकर्तालाई इखालु भएर लाग्न निर्देशन दिए । ‘इख नभएको मान्छे र बिख नभएको सर्प काम दिँदैन भन्छन्,’ भट्टराईले थपे, ‘हामीसँग प्रतिरोधी क्षमता हुनुपर्छ र अलिकति इखालु बन्नु पर्छ ।’
प्रत्येक जनप्रतिनिधि वा पार्टीका पराजित उम्मेदवारलाई दुई हप्तामा एक पटक त्यो सम्भव नभए महिनामा एक पटक जनताका घरदैलोमा अनिवार्य पुग्न पनि निर्देशन दिए ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।