साउदी अरबले कच्चा तेलको मूल्य बढ्यो, प्रति ब्यारेल १२० डलर पुग्यो

१ बर्ष अगाडि

काठमाडौं- विश्वमा सर्वाधिक तेल निर्यात गर्ने साउदी अरबले जुलाईकालागि कच्चा तेलको मूल्य वृद्धि गरेको छ । 

कच्चा तेलको मूल्य एक डलरदेखि डेढ डलरसम्म बढ्ने संभावना रहेको बताइएको थियो । तर एशियाका लागि जुलाईमा अरब लाइटको आधिकारिक बिक्री मूल्य (ओएसपी) जूनभन्दा प्रति ब्यारेल २.१ डलरले बढेको छ । मूल्य बढेर ओमान वा दुबई बन्दरगाहमा प्रतिब्यारेल ६.५ डलर पुगेको थियो जुन मे महिनाको रेकर्ड स्तर नजिक रहेको छ ।

जूलाईका लागि तेलको मूल्य बढाएपछि तेलको मूल्य प्रति ब्यारेल १२० डलर पुगेको छ । ब्रेण्ट क्रुड तेल प्रति ब्यारेल ३२ सेन्ट वा ०.३ प्रतिशतले बढेर १२०.०४ डलर रहेको छ । ब्रेण्ट क्रुड तेलले उच्च स्तर १२१.९५ डलरसम्म छोएको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया