तिब्र विरोधपछि इम्बोस्ड नम्बर प्लेटमा विभागले दियो यस्तो स्पष्टिकरण

१ बर्ष अगाडि

इम्बोस्ड नम्बर प्लेट असार मसान्त भित्र सबै सवारीसाधनमा जडान गरिसक्नु पर्ने सूचना विवादमा परेपछि यातायात व्यवस्था विभागले स्पष्टिकरण दिएको छ ।

गत जेठ २० गते सार्वजनिक सूचना निकाल्दै ४० दिन भित्र इम्बोस्ड नम्बर जडान नगरे ट्राफिक कारवाही पर्ने बताएको थियो । यो बिषयले सडकदेखि सदनसम्म विरोध भएपछि विभागले लट नम्बर अनुसार समय तालिका तोकेर इम्बोस्ड नम्बर जडान गर्ने भन्दै विज्ञप्ती जारी जारी गरेको छ ।

मंगलबार विभागले विज्ञप्ती जारी गर्दै भनेको छ ‘२०७८ कार्तिक देखि २०७९ साउनमा प्रकाशित सूचना बमोजिम अनिवार्य रुपमा जडान गर्नुपर्ने भनिएका प्रकृतिका सवारीसाधनमा त्यस्तो प्लेट जडान भए वा नभएको अनुगमन गरिने र अन्य सवारीको हकमा सम्बन्धित यातायात कार्यालयहरुले निर्धारण गरेको समय तालिका अनुसार लट अनुसार सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दै २५ लाख सवारीमा यस्तो प्लेट जडान गर्ने भनिएको हो।’ 

विभागका अनुसार हाल विभागमा २ लाख ५० हजार नम्बर प्लेट उत्पादन भएर स्टोरमा रहेका छन् ।

२०७८ कात्तिकको सूचनाअनुसार तत्कालीन अवस्थामा नाम टुंगो लागिसकेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी ५ प्रदेशमा ०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारीमा, ०७८ फागुन १ गतेबाट नामसारी गरिएका सवारीसाधनमा र २०७९ जेठ १ गतेबाट नवीकरण गरिने सवारीसाधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उल्लेख छ। 

१ बर्ष अगाडि

प्रतिक्रिया