काठमाडौं - रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी-४’ ले अहिले स्वदेश र विदेशमा आक्रामक कमाइ गरिरहेको छ । उक्त फिल्मको तुलना अर्को ब्लकबस्टर फिल्म ‘छक्कापञ्जा’सँग भइरहेको छ ।
‘छक्कापञ्जा’को नयाँ सिक्वेल निर्माणको चर्चाबीच निर्माता एवं अभिनेता दीपकराज गिरीले अघिल्ला सिक्वेलको कमाइ सार्वजनिक गरेका छन् । उनका अनुसार ‘छक्कापञ्जा १’को कमाइ १६ करोड रहेको छ । तर छक्कापञ्जाको तेस्रो सिक्वेलको कमाइ २० करोड रुपैयाँ रहेको उनले बताए ।
‘सबैले कबड्डी ४ ले छक्कापञ्जा ३ को रेकर्ड उछिनेको बताएका छन् । तर त्यसो होइन, छक्कापञ्जा १ को रेकर्ड मात्र तोडिएको हो । ३ को कमाइ त २० करोड हो,’ उनले भने ।
बक्स अफिसको अंकगणितलाई लिएर दीपकले यस्तो बताएका हुन् । कबड्डी-४ का वितरकले ११ दिनमा फिल्मले १७ करोड ६५ लाख ग्रस कमाइ गरेको बताइरहँदा छक्कापञ्जा निर्माता गिरीको यस्तो भनाइ आएको हो ।
पहिलो सातामा १५ करोडमाथि व्यापार गरेको कबड्डी ४’ ले आइतबारसम्म १७ करोड ६५ लाख ग्रस कमाएको जानकारी वितरक गोविन्द शाहीले दिए ।
फिल्मले अझै राम्रो व्यापार गरिरहेको वितरक शाहीले जानकारी दिए ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।