काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले जेठ १८ गतेदेखि बिक्री खुल्ला गरेको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ४ लाख ४९ हजार ३२८ कित्ता शेयर बिक्री खुला गरेको हो ।
कम्पनीले चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म १ बराबर ०.३९३६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा बिक्री गरेको हो ।
चैत १३ गतेसम्म कायम शेयरधनीहरुका लागि जारी भएको उक्त हकप्रद शेयर खरीदका लागि तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ५ गते बाँडफाँड गरिएको थियो ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । खरीद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया