पनौती नगरले मृगौला,डायलायसिस क्यान्सर र मेरुदण्ड पक्षघातको बिरामीलाई मासिक रु ५ हजार उपचार खर्च दिने

१ बर्ष अगाडि

काभ्रे- जिल्लाको पनौती नगरपालिकाले मृगौला प्रत्यारोपण,डायलायसिस,क्यान्सर र मेरुदण्ड पक्षघातको बिरामीहरूलाई उपचार खर्च दिने भएको छ ।

नगरपालिकाले विज्ञप्ति जारी गर्दै मृगौला प्रत्यारोपण,डायलायसि गराईरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध कार्यविधि २०७८ अनुसार लक्षित समुहमा मासिक ५ हजार रुपैयाँका दरले औषधि उपचार खर्च प्रदान गर्ने भएकाले सम्बन्धित लाभग्राहीले आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मिति जेठ ७ गते देखि १ महिनाभित्र आफ्नो वडा कार्यालयमा निवदेन पेश गर्न जानकारी गराएको हो । 

निवेदनका साथ राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रमाणपत्रको प्रतिलिपी९नाबालको हकमा जन्मदर्ता प्रमाणपत्र, वडा कार्यालयमा उपलब्ध रहेको अनुसूची १ बमोजिमको ढाँचामा चिकित्सकको सिफारिस पेश गर्नुपर्ने छ ।

यस्तै, वडा कार्यालयमा उपलब्ध रहेको अनुसूची २ अनुसारको ढाँचामा वडा कार्यालयमा निवेदन दिनुपर्ने छ । 

May be an image of text

१ बर्ष अगाडि

प्रतिक्रिया