नेपाली बजारको नम्बर १ स्मार्टफोनमा रेडमी नोट ११ !

१ बर्ष अगाडि

काठमाडौं - इन्टरनेसनल डाटा कर्पोरेसनको वर्ल्डवाइड क्वाटर्ली मोबाइल फोन ट्रयाकर क्यू१ २०२२ को विज्ञप्ति अनुसार रेडमी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा रहेको बताएको छ ।

शाओमीले पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीका रुपमा आफ्नो स्थान कायम गर्दै आएको छ । रेडमी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुका साथै रेड्मी १० प्राइम २०२२ र रेडमी ९ए पनि शीर्ष स्थानमा रहन सफल भएको छ ।

रेडमी नोट ११, शाओमी १२ सिरिज जस्ता उत्पादनहरुको लन्चको कारण ब्रान्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। यसका साथै शाओमीले एस१ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६ र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदि सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ । 

यसको अतिरिक्त अफलाइन नेटवर्क विस्तारका कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ । अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै शाओमीले देशभरिमा ३ हजारभन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५ भन्दा बढी अधिकृत स्टोरहरु स्थापित गरेको छ । 

कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ । उनीहरुले विशेष अधिकृत सेवा केन्द्रहरुका साथसाथै नेपालमा ग्राहकको आवश्यकतालाई पूरा गर्नका लागि एक समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सेवासंँगै बजारमा आफ्नो स्थान बलियो बनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया