एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित, भारतको लगातार दोस्रो जित

१ बर्ष अगाडि

एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले कुवेतसँग पराजित भएको छ ।  शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे ।

यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए । हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा छ । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

यस्तै एएफसी एसियन कप २०२३ को छनोटमा भारतले लगातार दोस्रो जित निकालेको छ । भारतले अफगानिस्तानमाथि २–१ को रोमाञ्चक जित निकालेको हो ।

खेलको अन्त्यतिर तीन गोल सम्भव हुँदा भारत सफल भएको हो । कोलकातास्थित विवेकानन्दा युवा भारती क्रिरनगानमा शनिबार राति भएको खेलमा भारतको जितमा कप्तान सुनिल क्षेत्री र साहल समादले गोल गरे । अफगानिस्तानका जुवायर एमिरीले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ८६औं मिनेटमा कप्तान सुनिल क्षेत्रीको गोलबाट भारतले सुरुवाती अग्रता लिएको थियो । तर, भारतको त्यो अग्रता लामो समय टिकेन । ८८औं मिनेटमा जुवायर एमिरीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीम ल्याए ।

फगानिस्तानको बराबरी पनि लामो समय टिकेन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा साहल समादले गोल गर्दै भारतलाई रोमाञ्चक जित दिलाए ।

यो जितसँगै समूह डी मा भारत दुइै खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान ६ अंक नै रहेपनि हङकङ गोलअन्तरमा शीर्षस्थानमा रहेको छ । अफगानिस्तान र कम्वोडियाले अंकको खाता खोल्न सकेको छैन ।

१ बर्ष अगाडि

प्रतिक्रिया