इन्फोडेभलपर्सको १ वर्षे योजनाः १ अर्ब रूपैयाँको कम्पनी बन्ने, पूर्ण डिजिटाइजमा जाने

१ बर्ष अगाडि

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ ।

शनिबार बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा आयोजना भएको रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आगामी आर्थिक वर्ष २०७९/८० को भिजन सार्वजनिक गर्दै यस्तो बताएका हुन् । 

अबको १ वर्षमा एक अर्ब नेपाली रूपैयाँको कम्पनी बन्ने लक्ष्य र संस्थागत सुशासनका लागि कम्पनीलाई पूर्ण डिजिटाइज गर्ने उनले बताए । अहिले कम्पनीको वार्षिक टर्नओभर ५० करोड रूपैयाँ भन्दा माथि रहेको छ । 

‘आउने आर्थिक वर्षमा हामी अनुसन्धान र विकासमा थप जोड दिनेछौं । नयाँ नयाँ प्रविधिमा लगानी गर्नेर्छौं,’ उनले भने, ‘कर्मचारीको ३६० डिग्री वृद्धिमा ध्यान दिनेछौं । इनहाउस प्रडक्ट र आइडियालाई मोनिटाइज गर्नेर्छौं।’ चालु आर्थिक वर्षमा लिएका धेरै लक्ष्यहरू पूरा भएको र केही बाँकी रहेको रघुवंशीको भनाइ छ । कमर्चारीलाई बिजनेस आईडिया लिएर आए पार्टनर बनाएरसँगै काम गर्ने पनि उनले बताए । 

त्यस्तै कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) डा. राजिव सुब्बाले कम्पनीको भिजन पूरा गर्नलाई रणनीतिक योजना बनाउन कार्यक्रम आयोजना गरेको बताए । उक्त कार्यक्रममा चालु आर्थिक वर्षका लागि लिएका लक्ष्यहरू के कति पूरा भए त्यसको पनि समिक्षा गरिएको थियो ।

बैठकमा विभिन्न व्यवस्थापकीय तथा प्रविधि विभागहरुका प्रमुखहरुले चालु आर्थिक वर्षको समिक्षा, उपलब्धि र चुनौतिहरुको मुल्यांकन, एवं आगामी आर्थिक वर्षमा के के नयाँ कार्यहरु गर्न सकिन्छ भनेर आफ्नो प्रस्तुतीकरण दिएका थिए । कार्यक्रमको दोस्रो सत्रमा सीईओको भिजनमाथि समूह गत छलफल भएको थियो ।

उक्त छलफल कार्यक्रममा इन्फोडेभलपर्सका उच्च तहका नेतृत्वहरु समेत गरि ४५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यसपछि प्रत्येक समूहबाट प्रतिनिधित्व गर्दै एक एकजनाले उक्त भिजन पूरा गर्न के के कार्य गर्न सकिन्छ भन्दै प्रस्तुती दिएका थिए ।

उक्त कार्यक्रमलाई सहजीकरण गरेका डा. सुब्बाका अनुशार उक्त रणनीतिक कार्यक्रमबाट प्राप्त सुझावहरुलाई समेटेर एक रिपोर्ट तयार गरि आगामी बर्षको लागि आवस्यक पर्ने आर्थिक बजेट मार्फत कार्यान्वयनमा लगिने छ ।  

कार्यक्रममा इन्फोडेभलपर्सका कार्यकरी निर्देशकद्वय प्रविन सुबेदी तथा अरबिन्द प्रधान, सीओओ डा. सुब्बा, जनशक्ति व्यवस्थापन विभागका प्रमुख रेबेका प्रतिक राई एवं प्रशासन विभाग प्रमुख सुरेश मानन्धर समेतले आ-आफनो धारणा राख्नु भएको थियो ।     

१ बर्ष अगाडि

प्रतिक्रिया