विश्वकप सञ्चालनका लागि कतार किन चुनिए ?

१ बर्ष अगाडि

एजेन्सी - आसन्न विश्वकप फुटबल प्रतियोगिता आउँदो नोभेम्बर महिनामा सुरु हुँदैछ । फिफा विश्वकप फुटबल मध्यपूर्वमा हुन लागेको र यो समयमा पनि हुन लागेको पहिलो पटक हो ।

यद्यपि कतारमा विश्वकप फुटबल आयोजना गर्ने निर्णयले विवाद निम्त्याएको छ । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेलहरू नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखको बीचमा हुने छन् ।

त्यो समयमा कतारको तापक्रम सामान्यतया २५ डिग्री सेल्सियस हुने गर्छ । जुन र जुलाई महिनामा ती खेलहरू हुने भए त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस नाघ्थ्यो र सम्भवतः ५० डिग्री सेल्सियससम्म पुग्थ्यो ।

कतारले सुरुमा फाइनल खेलहरू गर्मीयाममा वातानुकूलित रङ्गशालाहरूमा खेलाउने प्रस्ताव गरेको थियो। तर त्यो प्रस्ताव अस्वीकृत भयो ।

विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा फिफामा भएको मतदानमा कतारले आयोजना गर्ने बाजी मारेको हो । विश्वकप फुटबल सञ्चालन गर्न पाउने दाबेदारीमा उसले संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछि पार्‍यो ।

कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश हुने छ । विश्वकप आयोजना गर्न पाउने अधिकार पाउन कतारले फिफाका अधिकारीहरूलाई ३७ लाख अमेरिकी डलर घुस खुवाएको आरोप लागेको थियो ।

तर दुई वर्षपछि त्यो आरोपमा उसले सफाइ पायो। फिफाका तत्कालीन प्रमुख सेप ब्लाटरले विश्वकप आयोजना गर्न पाउने कतारको प्रयासलाई सघाएका थिए । तर, त्यसपछि उनले फिफाले त्यो निर्णय गरेर गल्ती गरेको हुन सक्ने बताउँदै आएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया