अभिनेता प्रदीपको ‘प्रकाश’ चार देशमा विक्री

१ बर्ष अगाडि

भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्के अभिनीत फिल्म ‘प्रकाश’को चार देशका लागि ओभरसिज राइट्स विक्री भएको छ । टिजर सार्वजनिकपछि निर्माण टिमले महंगो मूल्यमा अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोप अधिकार विक्री गरेको हो । तर, चार देशमा कति मुल्यमा फिल्मको राइट्स विक्री भयो भन्ने खुलाइएको छैन । 
 
निर्देशक दिनेश राउतले टिजरलाई मिलेको सकारात्मक प्रतिक्रियापछि विदेशबाट फिल्मको राम्रो माग आएको बताउँदै नेपालमा रिलिज भएकै दिन चार देशमा पनि फिल्म प्रदर्शन हुने जानकारी दिए ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, देवकुमार श्रेष्ठ, हुम विसी, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखकलगायतको पनि अभिनय छ । महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत तथा शैलेश श्रेष्ठको पार्श्व संगीत छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया