जिसस मोरङमा एमालेको प्यानल नै विजयी

१ बर्ष अगाडि

काठमाडौं- जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् । प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलम कुमारी सरदारले १३ मत ल्याएका छन् । 

एमालेको जम्मा २१ मत रहेको छ । यस्तै महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी भएका छन् । नेपालीले भने २३ मत पाउँदा थारु र विश्वकर्माले २१÷२१ मत ल्याएका छन् । 

यस्तै अन्य सदस्यमा पनि एमालेका तुलसी प्रसाद घिमिरेले २२, देवमणि कटुवाल २१, मित्रप्रसाद ढकालले २२ मत ल्याएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया