काठमाडौंमा मेलम्चीको तीन विकल्प !

१ बर्ष अगाडि

काठमाडौं- बर्खा लागेसँगै काठमाडौंमा मेलम्चीको पानी आउन बन्द भएको छ ।  पानी आउन बन्द भएपछि सरकारले मेलम्चीको पानीको ठाउँमा अर्को तीन विकल्प रोजेको छ ।

मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले तीन विकल्पमा छलफल भइरहेको जानकारी दिए ।

मन्त्री चौधरीका अनुसार सरकारले मेलम्चीको विकल्पका रुपमा मकवानपुरको सिस्नेरी, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन सुरु गरेको छ ।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै मन्त्री चौधरीले भने ‘मेलम्ची खानेपानी योजनाको विकल्प र पूरकको रुपमा मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भइरहेको छ।’ 

१ बर्ष अगाडि

प्रतिक्रिया