बर्जर पेन्ट्स नेपाल द्वारा बर्जर मिस ग्ल्यामर, मिस नेपाल २०२२ का साथमा एक विशेष फेशन शो समारोह सम्पन्न

असार १, २०७९ | आजको अर्थ
ajaako_artha

नेपालमा सन् २००० देखि रङ्गको उत्पादन गर्दै आएको बर्जर पेन्ट्स नेपालले, हिडन ट्रेजर सँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, बर्जर मिस ग्ल्यामर छनौट होटल ¥याडिसनमा एक विशेष फेशन शो समारोह बिच सम्पन्न गरेको छ ।

आमन्त्रित गरिएका विशेष व्यक्तित्वहरु सहभागी यस समारोहमा मिस नेपालका २४ जना सुन्दरी प्रतियोगीहरुले प्रख्यात डिजाइनरहरुद्वय मुकु बुटिकका मुक्तीका श्रेष्ठ , मनिष राई र कासाद्वारा डिजाइन गरिएका बर्जर सिल्क इलुजनका मेटालिका र नन–मेटालिका डिजाइनहरुका सम्मोहित पार्ने रँगहरुको ढाँचाका सिल्भर फायर, इन्फेर्नाे, फ्लोरा र अरु धेरै आकर्षक पहिरनमा सजिएर प्रस्तुत भएका थिए् । अत्यन्त उच्चकोटीको फेसन ,अद्वितीय मनमोहक, रँगहरु, डिजाइनहरु, सिर्जनशीलता र कलाका विविधता अतिथिहरु बीच प्रस्तुत गरिएको थियो ।

बर्जरले पहिरनहरूमा कला र डिजाइनको फ्युजन ल्याएको थियो । रचना गुरुङ द्वारा कोरियोग्राफी गरी तीनवटा मनमोहक दृश्यहरू सहितको कार्यक्रममा २४ जना प्रतियोगीहरूलाई ८–८ जना गरी तीन समूहमा विभाजन गरिएको थियो, पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयर उत्कृष्ट डिजाइनका लुगाहरू झल्काउने मौका दिइएको थियो दोस्रो चरणमा कासाबाट डिजाईन गरीएको फर्मल्ली फर्मल डिजाइनहरू साथै तेस्रो चरणमा मनिष राईकोे ग्लिट्जि इभनिङ पार्टी वेयर डिजाइनहरू प्रस्तुत गरिएको । उक्त कार्यक्रमको शोस्टपर रुपमा मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ सामेल भएकी थिइन् ।

बर्जर पेन्ट्स नेपालले विशेष किसिमका कार्यक्रमहरुको प्रस्तुतीमा केन्द्रित हुँदै पोशाकहरुमा बर्जर रँगहरु तथा ढाँचाहरुलाई कलात्मकता र स्पन्दशीलताको अलौकिक संयोजन एवं प्रदर्शनीसहित हामीलाई फेशनको नयाँ रसास्वादन प्रदान गरिरहेको छ । एक संस्थाको हैसीयतले यसको अन्तिम उद्देश्य भनेको सबै ब्राण्डहरुमा आप्mनो गुणस्तरीय आधिपत्यता कायम राख्दै आफ्ना उपभोक्ताहरुलाई गुणस्तरीयता, विश्वसनीयता, उपलब्धता र सन्तुष्टिमार्फत् पूर्ण सन्तुष्टि प्रदान गर्नु र साथसाथै विश्वव्यापी रुपमा स्वीकारिएको काबिलियतहरुका साथ बर्जर पेन्ट्स नेपाल अग्रणी र प्रतिष्ठित पेन्ट कम्पनी बन्नु हो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७