बलिउडका मल्टीस्टारर फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ५२ सेकेन्ड लम्बाईको ट्रेलर जबर्जस्त बनेको छ । फिल्ममा अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा छन् । उनीहरु शिवा र इशाको चरित्रमा प्रस्तुत छन् ।
भिएफएक्सको अत्याधिक प्रयोग गरिएको ट्रेलरमा रणवीर र आलियाबीचको प्रेम र रोमान्सलाई पनि देखाइएको छ । फिल्ममा अमिताभ बच्चन, नागार्जुन अक्किनेनी र मौनी रोयको पनि मुख्य भूमिका छ । अयान मुखर्जीले फिल्मको लेखन तथा निर्देशन गरेका हुन् । ट्रेलरमा अमिताभ र नागार्जुन ब्रह्मान्डको रक्षा गर्दै देखिएका छन् भने भने मौनी नकारात्मक भूमिकामा प्रस्तुत छिन् ।
तीनवटा भागमा निर्माण हुने ‘ब्रह्मास्त्र’को पहिलो पार्टलाई ‘शिवा’उपनाम दिइएको छ । आगामी ९ सेप्टेम्बरमा फिल्म रिलिज हुनेछ । यो फिल्म ९ वर्षदेखि पाइपलाइनमा थियो । ३ सय करोडमा बनेको फिल्मलाई करण जोहर, अपूर्व मेहता, नमित मल्होत्रा र मुखर्जीले धर्मा प्रोडक्सन, प्राइम फोकस र स्टारलाइट पिक्चर्सको ब्यानरमा स्टार स्टुडियोसँगको सहकार्यमा निर्माण गरेका हुन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।