रिडी र रैराङ हाइड्रोपावरले एकैदिन बोलाए विशेष साधारणसभा, कहाँ र कति बजे ?

१ बर्ष अगाडि

काठमाडौं- रिडी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी एकैदिन विशेष साधारणसभा डोकेका छन्।

दुवै कम्पनीका सञ्चालकहरुको बैठकले यही असार १७ गते विशेष साधारणसभा डाकेका हुन्। दुवै कम्पनीको सभा आआफ्नो कर्पोरेट कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ। रिडीको दिउँसो १ः३० बजेबाट र रैराङको बिहान ११ बजेबाट सभा हुनेछ।

दुवै सभाले रिडी हाइड्रोपावरमा रैराङ हाइड्रोपावर गाभ्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। दुवै सभाले विद्युत नियमन आयोगबाट प्राप्त स्वीकृतिसमेतका आधारमा १००ः९३ सेयर स्वाप रेसियो पनि पारित गर्नेछन्। 

रैराङ रिडीमा समाहितपश्चात स्वाप रेसियो अनुपातको सेयर संख्याल मिलान गर्ने विशेष प्रस्ताव पनि दुवै सभाले अनुमोदन गर्नेछन्।

दुवै सभाले मर्जर प्रयोजनाका लागि भएका समझदारीपत्र र अन्तिम सम्झौतापत्र पनि अनुमोदन गर्नेछन्।

१ बर्ष अगाडि

प्रतिक्रिया