५ मिनेटमा ५० प्रतिशत चार्ज हुने स्मार्टफोन सार्वजनिक, कति पर्छ मूल्य ?

असार ४, २०७९ | आजको अर्थ
ajaako_artha

काठमाडौं - रियलमी, विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले आज २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोनहरुको सार्वजनिक गरेको छ । 

विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागशिप रियलमी जिटी २ प्रो पनि सार्वजनिक भएको हो।

रियलमीले गत वर्ष सार्वजनिक भएको रियलमी जिटी नियो २ को सफलता पछि रियलमी जिटी ३ सार्वजनिक गरेको हो भने जिटी २ प्रो ले प्रयोगकर्ताहरुले उचित फ्लागशिपबाट के आशा गर्छन भनेर नयाँपन अपनाएको छ।

जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो  । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्छ ।

जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे ले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी २के अमोल्ड फ्ल्याट डिस्प्लेसँगै स्वतन्त्र डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर,  नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक भएको छ ।

रियलमी जिटो नियो ३ 
आधुनिक जीवनको साथमा, हालका प्रयोगकर्ताहरुसँग स्मार्टफोनका सुविधाहरुमा उच्चस्तरको शक्ति, नियन्त्रण र प्रदर्शन क्षमता छ, यसले प्रयोगकर्ताहरुलाई एकै समयमा  सक्रिय रुपमा धेरै कार्य गर्न र उनीहरुको दैनिक तालिका नियन्त्रण गर्न सक्षम बनाउँछ । यी आवश्यकताहरुबारे ग्राहकको गहिरो बुझाइका साथ, जिटी नियो मिडिया टेक डाइमेन्सिटी ८१०० मोबाईल प्लाटफर्म सँगसँगै स्वतन्त्र डिस्प्ले चिप र अल्ट्राडार्ट १५० वाट फास्ट चार्जिङ प्रविधिसहित सुसज्जित रहेको कम्पनीले जनाएको छ ।

विश्वको सबैभन्दा छिटो चार्ज गर्ने स्मार्टफोन
ब्याट्रीको सन्दर्भमा, धेरैजसो प्राविधिक पारखीहरुसँग दीर्घकालिन प्रयोगको लागि उच्च माग छ, जसको अर्थ निर्माताहरुले ब्याट्री क्षमतालाई निरन्तर सुधार गर्नुपर्छ । यद्यपि, यो मुख्य कारक होइन जब स्मार्टफोन छनोट गर्दा ब्याट्री क्षमता जति ठूलो हुन्छ, चार्जिङ समय त्यति नै लामो हुन्छ । तसर्थ, रियलमीले प्रयोगकताहरुका लागि प्रयोगको समयलाई अप्टिमाइज गर्नका लागि सधैँ सबैभन्दा आधुनिक दु्रत चार्जिङ प्रविधिको साथ आफ्नो उपकरणको अनुसन्धान र अप्टिमाइज गरेको छ । 

यही मूल्यमा अन्य उत्पादनहरु तुलना गर्दा, जिटी नियो ३ अल्ट्रा–डार्ट १५० बाट चार्जिङ टेक्नोलोजीको साथ अधिक शक्तिशाली छ, जसले प्रयोगकर्ताहरुले ५ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सक्छन् र बिना कुनै अवरोध हाई स्पीड पर्फमेन्सको आनन्द लिन सकिन्छ ।

यद्यपी, छिटो चार्ज गर्ने प्रविधिको साथमा, प्रयोगकर्ताहरुका लागि सुरक्षा ठूलो चिन्ताको विषय हो, तर जिटी नियो ३ ले यो विषयलाई स्वतन्त्र चार्जिङ चिपद्वारा समाधान गर्न सक्छ जसले जोखिमपूर्ण अवस्थामा प्लग निकाल्दछ । साथै, ३८ सुरक्षा उपायहरुसहित, यो उपकरण टियूभी राईनल्यान्डद्वारा प्रमाणित छ जसले प्रयोगकर्ताहरुको सुरक्षालाई सशक्त बनाउँछ । 

नेपालमा मूल्य
रियलमी जिटी ३ को १२/२५६ जिबी भेरियन्टको मूल्य ७७ हजार ९९९ रुपैयाँ तोकिएको छ । उपलब्ध रंगहरु नाइट्रो ब्लू र स्प्रिन्ट सेतो रङ्गमा उपलब्ध यो फोनको् प्रिबुकिङ आज दराजबाट सुरु गरिएको छ, जहाँ प्रयोगकर्ताहरूले तीन हजार  छुटको मज्जा लिन सक्छन् ।

यस्तै, रियलमी जिटी २ प्रो को १२/२५६ जिबी भेरियन्टको मूल्य एक लाख ९ हजार ९९९ छ । हाललाई  कागजी सेतो रंगमा मात्र उपलब्ध छ र प्रिबुकरहरूले दराजबाट ४ हजार छुट प्राप्त गर्न सक्छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७