काठमाडौं -स्पोर्ट्स बाइकप्रेमीहरुका लागि खुसीको खबर सार्वजनिक भएको छ । नयाँ बजाज पल्सरको फर्स्ट लुक सार्वजनिक भएको छ । यसलाई छिट्टै लन्च गर्ने तयारीमा कम्पनी रहेको छ ।
वास्तवमा नयाँ बजाज पल्सरको फर्स्ट लुक कम्पनीको आधिकारिक इन्स्टाग्राम पेजमा देखिएको छ । यो पल्सर एन२५०को ब्ल्याक एडिसन हो । तर, कम्पनीले यसलाई बजाज पल्सर एन२५० ब्ल्याकको छुट्टै नाम दिने कि ब्ल्याक एडिसनमात्रै राख्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।
नयाँ बजाज पल्सरको सामाजिक सञ्जाल पोस्टबाहेक कम्पनीले यसका बारेमा अन्य विवरण सार्वजनिक गरेको छ । यो बाइकको लन्च कहिले गरिने भन्नेबारे पनि कम्पनीले खुलाएको छैन । यद्यपि कम्पनीले नयाँ पल्सरको सुरुआती प्रचार थालेको छिट्टै लन्च हुने अनुमान गरिएको छ ।
ब्ल्याक एडिसनका कारण यो बाइकका सबै एलिमेन्ट ब्ल्याक हुनेछन् । कम्पनीले बजारमा उपलब्ध आफ्नो इन्जिन कभरदेखि लिएर एग्जस्ट सिस्टम र ह्विलसम्म सबै कुरालाई कालो रङमा पेन्ट गर्न सक्छ ।
यो बाइक हालको बजाज पल्सरको जस्तै आयल कुल्ड २४९।०७ सीसी इन्जिनद्वारा सञ्चालित हुन सक्छ । यसले हाल २४।५ पीएस अधिकतम पावर र २१।५ एनएम पीक टर्क जेनेरेट गर्छ । तर, यसको मूल्य हालको मोडलभन्दा बढी हुन सक्छ ।
पल्सर बजाज अटोको सबैभन्दा लोकप्रिय बाइक मोडल हो । कम्पनीले यसलाई सन् २००० मा पहिलोपटक लन्च गरेको थियो । यससँगै स्कुटर बनाउने बजाज अटो कम्पनी मोटरसाइकल कम्पनी बनेको छ ।
हाल यो बाइक १२५ सीसी देखि २५० सीसी सम्मको इन्जिन सेगमेन्टमा उपलब्ध छन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।