उद्योग परिसंघ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच ऊर्जासम्बन्धी गतिविधिमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर

१ बर्ष अगाडि

काठमाडौं -  नेपाल उद्योग परिसंघ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच ऊर्जासम्बन्धी गतिविधिमा सहकार्य गर्न समझदारी भएको छ । 

ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरुको ऊर्जासम्बन्धी सेवाहरुको विकास र कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार उद्योगहरुमा ऊर्जा दक्षता र ऊर्जा परीक्षणको जागरुकता बढाउन दुवै संस्थाले उद्योगहरुको ऊर्जा क्षेत्रमा ऊर्जा दक्षता, ऊर्जा परीक्षण र क्षमता विकासका गतिविधिमा मद्दत गर्नेछन् । 

परिसंघले सन् २०१९ देखि उद्योगहरुमा ऊर्जा दक्षता प्रवर्द्धन गर्दै आएको छ भने केन्द्रले हरितगृह ग्यास उत्सर्जन घटाउने, रोजगारी सिर्जना गर्ने, बढ्दो ऊर्जाको माग पूरा गर्ने उद्देश्यका साथ हरित ऊर्जा र ऊर्जा दक्षता क्षेत्रमा काम गरिरहेको छ ।

समझदारीपत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गरेका छन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया