काठमाडौं - रंग पत्रकार तथा रातोपाटीकर्मी मनोज न्यौपाने ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८’ बाट पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औँ वार्षिकोत्सवका अवसरमा न्यौपानेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, महानायक राजेश हमाल, अभिनेता रमेश उप्रेती, संघका अध्यक्ष दिनेश सिटौला लगायतले पुरस्कार प्रदान गरेका थिए । न्यौपानेले पुरस्कार स्वरूप एकथान ल्यापटपसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।
संघले पत्रकारिता सुरुवातको छोटो समयमै मजबुत कलमका साथ चलचित्र पत्रकारिता क्षेत्रमा बलियो उपस्थिति जनाएको र आगामी दिनमा अझ सशक्त रूपमा चलचित्र पत्रकारितामा क्रियाशील रहन उत्प्रेरित गर्दै उक्त पुरस्कार प्रदान गरेको छ ।
वार्षिकोत्सवका अवसरमा संघले न्यौपानेसहित ‘चलचित्र पत्रकारिता सम्मान २०७७’बाट वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय र राजन घिमिरे, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७७’ बाट दिवाकर मैनाली र आर। डि। शृंखला (राजन दाहाल) लाई पुरस्कृत गरेको छ ।
त्यस्तै, ‘चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारी, ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८’ बाट पोखराका रेम रसाइलीलाई पुरस्कृत गरिएको छ ।
यस्तै ‘चलचित्र पत्रकारिता सम्मान २०७९’बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७९’बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९’बाट उद्धव रसाइली र ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९’बाट मकवानपुरका श्रीराम अर्जुनलाई पुरस्कृत गरिएको छ ।
चलचित्र पत्रकारिता पुरस्कार ५१ हजार राशि र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार राशि सहित प्रदान गरिएको थियो ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।