रोमानियामा २० महिलासहित भारी संख्यामा कर्मचारी, मासिक तलब र सुविधा के के ?

१ बर्ष अगाडि

काठमाडौं- रोमानियाको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको  JORDAN RIVER RECRUITMENT SRL कम्पनीले विभिन्न पदका लागि १०० जना पुरुष र २० जना महिला गरी जम्मा १२० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित तलब ६८ हजार माथिदेखि ८१ हजार बढी पाउनेछ । इच्छुक कामदारले कर्म इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिससेज प्रालिको कार्यालय ज्ञानेश्वर काठमाडौंमा असार १८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले तिनुपर्नेछ ।

यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया