काठमाडौं - उडान ठप्प पार्ने चेतावनी दिएका निजी वायुसेवा सञ्चालकहरूले आफ्नो उक्त निर्णयमा 'पुनर्विचार गर्दै उडान सुरु गर्न लागेको' बताएका छन् ।
नियामक निकायले निजी वायुसेवाका विमान र हेलिकप्टरहरू क्षेत्रीय विमानस्थलमा रात्रिकालीन बास बस्नुपर्ने र त्यहाँबाट पहिलो उडान थाल्नुपर्ने निर्णय लागु गरेको विरोधमा उनीहरूले बुधवारबाट उडान रोक्ने चेतावनी दिएका थिए ।
वायुसेवा सञ्चालक सङ्घ नेपालले मङ्गलवार पत्रकार सम्मेलन गरेर सम्पूर्ण आपत्कालीन तथा नियमित उडानहरू बुधवारबाट अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।
तर मङ्गलवार रातिसम्म भएको वार्तापछि 'विरोध जारी राख्ने तर उडान नरोक्ने' निर्णय भएको सङ्घका प्रवक्ता योगराज कँडेलले बीबीसीलाई बताए ।
बुधवार बिहान उनले भने, 'हाम्रो असहमति जारी छ, तर यात्रुहरू मर्कामा पर्ने कुरालाई मध्यनजर गर्दै हामीले उडान नरोक्ने निर्णय गरेका हौँ ।'
'हिजो (मङ्गलवार) रातिसम्म वार्ता भएको थियो अब आज (बुधवार) दिउँसो १२ बजेलाई वार्ता तय गरिएको छ। हामी वार्ता पनि गर्दै गर्छौँ र उडान पनि सुरु गर्छौँ ।'
उनका अनुसार बुधवार बिहानैदेखि हेलिकप्टरहरूले उडान सुरु गरिसकेका छन् भने हवाई जहाजहरूले पनि केही ढिलोगरी उडान सुरु गर्नेछन् ।
निजी वायुसेवा कम्पनी यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आफूहरूले 'बिहानैदेखि उडान सुरु' गरिसकेको जानकारी दिए ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।