जेठ महिनामा रिइन्ट्री र वैधानिकीकरणका प्रक्रिया पूरा गरेर पुनः वैदेशिक रोजगारीमा जान ६२ हजार बढीले लिए श्रम स्वीकृति

१ बर्ष अगाडि

काठमाडौं - जेठ महिनामा रिइन्ट्री र वैधानिकीकरणका प्रक्रिया पूरा गरेर पुनः वैदेशिक रोजगारीमा जान ६२ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार विभागको मासिक प्रतवेदन अनुसार जेठ महिनामा संस्थागतरूपमा साउदी अरबमा ६ हजार २ सय ७७ जनाको श्रम स्वीकृति भएको छ । साउदी अरब पछि कतार जानेको श्रम स्वीकृति धेरै भएको छ । कतार जान ४ हजार ७ सय ७३ जनाले श्रम स्वीकृति लिएका छन् । यूएई जान ३ हजार ५ सय ८२ जनाले श्रम स्वीकृति लिएका छन् । 

जेठमा वैदेशिक रोजगारीका लागि कुवेत जान श्रम स्वीकृति लिनेको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ । जेठमा कुवेत जान ४ हजार ९१ जनाको श्रम स्वीकृति भएको छ । अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम जेठमा पनि देखिएको छ । रोमानियाका लागि १ हजार ४ सय ८८ जनाले श्रम स्वीकृति लिएका छन् । 

जेठमा बेलायतका लागि १६, बहराइनका लागि ५ सय २४ जना, ब्रुनाईका लागि १ सय १६, साईप्रसका लागि ३ सय ३३, ओमानका लागि १ सय ८६ र जोर्डनका लागि ९९ जनाले संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन् । 

यस्तै जेठ महिनामा  अल्वानियाका लागि ४३, जापानका लागि १ सय ६८, माल्दिभ्सका लागि १२, मरिससका लागि ६ र सिसेल्सका लागि ५९ जनाले श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिएर जानेमा यूएई, कतार र साउदी अरेबिया अग्रस्थानमा रहेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया