काठमाडौं- सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ तिर्नु पर्ने अवस्था आएको छ । सकारले डिजेलको भाउ बढाएपछि सार्वजनिक यातायातका साधनको भाडा पनि त्यही अनुपातमा बढ्न पुगेका कारण बसमा चढ्ने बित्तिकै २५ रुपैयाँ तिर्नु पर्ने अवस्था आएको हो ।
डिजेलको मूल्य बढेपछि सर्वसाधारणले अत्यधिक प्रयोग गर्ने बस, माइक्रोबसलगायतका सवारी साधानका भाडा बढेको छ । पछिल्लो पटक पेट्रोलको मूल्य बढ्नु अघि सर्वसाधारणले बसमा खुट्टा राख्दा वित्तीकै २० रुपैयाँ तिर्दै आएका थिए । तर, गत आइतबार आयल निगमले डिलेलको मूल्य २७ प्रतिशतले बढाएपछि बस व्यवसायीले पनि भाडा दर बढाएर २५ रुपैयाँसम्म पुर्याएका छन् ।
यातायात व्यवसायीले भन्न पेट्रोलको मूल्य बृद्धि २७ प्रतिशतले भए अनुसार नै यातायातका साधानको भाडा पनि २७ प्रतिशतले बढाएको भन्दै आएका छन् । तर, उनीहरुले त्यसरी बढाएको भन्दा बढी भाडा बस तथा आइक्रोबसहरुले लिन थालेका छन् ।
केही बस तथा माइक्रोबसहरुले अहिले पनि खुट्टा राख्दा वित्तीकै २० रुपैयाँ नै लिदै आएपनि धेरैजसोले भने २५ रुपैयाँ लिन थालेका छन् । पेट्रोलको मूल्य बढेका कारण भाडा दर २३ रुपैयाँ भएपनि चान चुन रकम नभएको भन्दै २५ रुपैयाँ नै लिन थालेका हुन् ।
खुद्रा रकम दिइयो भने त अहिले पनि २०÷२२ रुपैयाँले मानिहाल्छन्, खुद्रा रकम दिइएन भने त २५ रुपैयाँ नै लिने गरेको सर्वसाधारणको गुनासो छ ।
एउटै रुटमा नचल्ने अर्को रुटमा चल्ने यातायातको सवारी साधनमा खुट्टा राख्दा वित्तीकै ५० रुपैयाँ र त्यति बाटो पुनः आफ्नो गन्तब्यमा फर्कदा पुनः त्यति नै पैसा तिर्नु पर्ने अवस्था आएको छ । घरबाट बाहिर निष्कदा वित्तीकै कम्तिमा १०० रुपैयाँ बस भाडालाई छुट्टाउनु पर्ने अवस्था आएको छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।