२७ जिल्लामा ५ वर्ष पूरा भई १२ वर्षमुनिका बालबालिकालाई भोलीबाट कोरोना खोप लगाइने

१ बर्ष अगाडि

काठमाडौं - सरकारले भोलि बिहीबारदेखि ५ वर्ष पूरा भई १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउने भएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणअन्तर्गत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ। 

पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा खोप दिइनेछ। मधेस प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ। 

बागमती प्रदेशमा काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्वमा खोप दिइनेछ। 

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइनेछ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया