नेपाल एसबिआई बैंकले ल्यायो १० वर्ष ३ महिनामा तीनगुणा बढी प्रतिफल दिने मुद्दति खाता

१ बर्ष अगाडि

काठमाडौं - नेपाल एसबिआई बैंकले धनवृद्धि योजनाअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुईगुणा तथा १० वर्ष ३ महिनामा तीनगुणाभन्दा बढी प्रतिफल दिने मुद्दति खाता सञ्चालनमा ल्याएको छ । 

उक्त खातामा ब्याज साँवामा पुँजीकृत हुँदै परिपक्वतापश्चात एकमुष्ट रकम भुक्तानी हुने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिने जनाएको छ। यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिनेछ ।

यसका साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा दुईगुण तथा ११ वर्ष ३ महिनामा तीनगुणा हुने बैंले जनाएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया