नबिल बैंकसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले गरे कतिको कारोबार ?

१ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) फेरि शेयर बजार ओरालो लागेको छ । 

हिजो अर्थात मंगलबार ३९.९३ अंक बढेर १९२४.७४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ३१.२१ अंकले घटेर १८९३.५३ को बिन्दुमा झरेको छ । 

नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको मात्रै कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आजमात्रै ३ करोड ३९ लाख ६६ हजार ५४९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंकको २ करोड ६७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६४ लाख, एनसीसी बैंकको २ करोड ५४ लाख र एनआइसी एशिया बैंकको २ करोड ४९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया