टेलिकमको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम, ३६% सम्मले घट्यो

असार ९, २०७९ | आजको अर्थ
ajaako_artha

नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम गरिएको छ।

गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुने गरी कायम गरिएको हो। 

इन्टरनेट लिज लाइनअन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले रु. २ हजार ५०० रहेकोमा अब रु. १ हजार ६०० मात्र हुनेछ। त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि रु. २ हजार ३०० बाट घटाएर रु। १ हजार ६०० नै कायम गरिएको छ। 

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल क्रमशः रु। २ हजार १०० र रु. १ हजार ९०० रहेकोमा अब दुवैको महसुल दर रु. १ हजार ५०० कायम गरिएको छ। 

इन्ट्रानेट लिज लाइनअन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल रु. २ हजार ७०० रहेकोमा अब रु. २ हजार ४००, ११ देखि १०० एमबीपीएसको रु. २ हजार ४०० रहेकोमा अब रु. २ हजार १०० र १०० एमबीपीएसभन्दा बढीको रु. २ हजार १०० रहेकोमा अब रु. १ हजार ८०० कायम गरिएको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७