शेयर बजारमा पहिरो, ४५.२५ अंकले घटेर १८४८.२८ को बिन्दुमा झर्‍यो नेप्से

१ बर्ष अगाडि

काठमाडौं- साताको पाँचौ कारोबारको दिन (बिहीबार) शेयर बजारमा भारी अंकको पहिरो गएको छ ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३१.२१ अंक घटेर १८९३.५३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज ४५.२५ अंकले घटेर १८४८.२८ को बिन्दुमा झरेको छ । 

यस दिन २३७ स्टकको ३३ हजार ४६० पटकको कारोबारमा १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको ५० लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधीखोला लघुवित्त र सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

त्यसैगरी, यस दिन शिवश्री हाइड्रोपावर र लिबर्टी इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ भने सामलिङ्ग पावर कम्पनी, एनआईबिएल प्रगति फण्ड र जोशी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन साढे ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन लक्ष्मी बैंकको ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नबिल बैंकको साढे ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये विकास बैंक, वित्त र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया