कुमारी बैंकसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कतिको कारोबार ?

१ बर्ष अगाडि

काठमाडौं- साताको पाँचौ कारोबारको दिन (बिहीबार) शेयर बजारमा भारी अंकको पहिरो गएको छ ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३१.२१ अंक घटेर १८९३.५३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज ४५.२५ अंकले घटेर १८४८.२८ को बिन्दुमा झरेको छ । 

कारोबारको अन्तिम समयसम्म आइपुग्दा कारोबार भएका २३७ कम्पनीको ५० लाख ८ हजार ७७१ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३४ रुपैंया बराबरको कारोबार भएको छ । 

सो रकम बराबरको कारोबार हुदाँ आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ९ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, लक्ष्मी बैंकको ६ करोड ३६ लाख,नबिल बैंकको ५ करोड ५३ लाख,हिमालयन डिष्टिलरीको ४ करोड ५२ लाख र एनआईसी एशिया बैंकको ४ करोड १५ लाख बढीको शेयर कारोबार भएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया