काठमाडौं- मल्टि स्टारर फिल्म ‘लाखे’ को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । ३१ भदौमा प्रदर्शन हुने फिल्मको बिहीबार सामाजिक संजालमार्फत डरलाग्दो पोस्टर दर्शक माझ ल्याइएको हो । पोस्टरमा चार जना मुखौटाधारीका साथमा अर्पण थापाको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ कलरमा प्रस्तुत गरिएको छ । पोस्टर सार्वजनीक सँगै फिल्मबारे कौतुहलता बढेको छ । पोस्टरले ‘लाखे’ सस्पेन्स–थ्रीलरले भरिएको इगीत गर्दछ ।
सम्राट बस्नेत निर्देशीत फिल्ममा सौगात मल्ल, अर्पण थापा,आर्यन अधिकारी,अनुप बिक्रम शाही,वर्षा राउत,सुशील सिटौला,प्रशान्त ताम्राकार,रोहित रुम्बा,सन्जोग राणा,रक्षा बुढाथोकी,कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा,सम्वाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ । ‘लाखे’ भरपुर मनोरञ्जक बनेको जानकारी निर्देशक सम्राटले दिएका छन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको टिजर केही समयमै सार्वजनीक गर्ने तयारी निर्माण टिमको छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।