काठमाडौं महानगरको बजेट  २५ अर्ब ४१ करोड, कुन क्षेत्रमा कति प्रतिशत ?

१ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट नगरसभामा प्रस्तुत गरेको छ । 

महानगरकी उपमेयर सनिता डंगोलले बजेट नगरसभामा प्रस्तुत गरेकी हुन् । 

संचित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र  जग्गा एकीककरणहरु आयोजनाहरुबाट हुने आम्दानी लगायत स्थानीय सरकारको संचित कोष बाहेक बजेटमा ३ अर्ब ५ करोड रुपैया समावेश हुनेछ।

स्थानीय संचित कोषबाट खर्च हुने बाहेक आर्थिक विकास क्षेत्रमा ५० करोड २१ लाख विनियोजन गरिएको छ। जुन कुल बजेटको २.२४ प्रतिशत हुन आउँछ। कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि खर्च ४ अर्ब ६८ करोड ९८ लाख  रुपैयाँ छुट्याइएको छ। जुन कुल बजेटको  २०.९६ प्रतिशत हुन आउँछ। पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड ८९ लाख रुपैया छुट्याइएको छ। जुन कुल बजेट ४९.५७ प्रतिशत हुन आउँछ। सामाजिक विकास क्षेत्रका लागि  १ अर्ब ६२ करोड २८ लाख रुपैयाँ छुट्याइएको छ।जुन कुल बजेटको ७.२५ प्रतिशत हुन आउँछ।

सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रको विकासका लागि ४ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ। जुन कुल बजेटको  १९.९६ प्रतिशत हो।

१ बर्ष अगाडि

प्रतिक्रिया