ङादी ग्रुप पावरले तोक्यो बुकक्लोज मिति, कहिले ?

१ बर्ष अगाडि

काठमाडौं - ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ ।

कम्पनीले असार २० गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार असार १९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज कारोबार हुने शेयर मात्र हकप्रदका लागि योग्य हुने छ । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ छ ।

उक्त पूँजीको १५० प्रतिशतले हुने १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

१ बर्ष अगाडि

प्रतिक्रिया