इन्टरनेशनल मनिटरी फण्ड( आइएमएफ)ले अमेरिकाको विकास दर अर्थात् जिडिपीको अनुमानलाई घटाएर २.९ प्रतिशतमा झारिदिएको छ।
यस अघि आइएमएफले गत अप्रिलमा अमेरिकाको जिडिपी ग्रोथ ३.७ हुने प्रक्षेपण गरेको थियो। गएको वर्ष अक्टोबरमा आइएमएफले अमेरिकाको जिडिपी ग्रोथ ५.२ हुने अनुमान लगाएको थियो। तर त्यसपछि नै आइएमएले दुई पटक अनुमान घटाइ सकेको छ।
आइएमएफले चालु वर्षको मात्रै नभएर आउने वर्षहरूको ग्रोथ अझै कम हुने आँकलन गरेको छ। जसलाई आर्थिक मन्दीको संकेतको रुपमा लिन सकिन्छ। आइएमएफले २०२३ मा हुने भनिएको २.३ प्रतिशतको ग्रोथ रेट घटाएर १.७ प्रतिशतमा झारेको छ। अझै २०२४ मा घटेर ०.८ प्रतिशतमा खुम्चिने आइएमएको प्रक्षेपण छ।
अमेरिकी केन्द्रीय बैंकले गरेको ब्याजदर को वृद्धिका कारण मागमा आएको कमीका कारण ग्रोथमा कमी आउने आएएमएफले भनाई छ। अमेरिकी अर्थ व्यवस्थामा कोभिड १९ को असरका कारण माग र आपूर्तिमा आएको अवरोध,रुस र युक्रेनबिच चलेको युद्धको कारण कच्चा तेल र खाने तलेमा भएको मूल्य वृद्धिले अमेरिकी अर्थतन्त्रमा निक्कै ठुलो धक्का लागेको छ।
अमेरिकामा ४० वर्ष यताकै महँगी देखिएको छ। बाइडेन प्रशासन र केन्द्रीय बैंकले रेकर्ड तोड महँगीबाट बच्न निक्कै ठुला कदम पठाएका छन्। जसले बजारमा माग ह्वात्तै घटाएको छ। ब्याजदर बढाउने निर्णयले मागमा कमी त आएको छ। तर त्यसले मागमा भारी कमी ल्याएको छ। मागमा आउने कमिले अमेरिकालाई आर्थिक मन्दीतर्फ धकेलिरहेको छ। जसले आर्थिक ग्रोथमा पनि धक्का दिने छ।
यस अघि २००८ मा पनि सबैभन्दा पहिले मन्दीको सुरुवात अमेरिकाबाटै भएको थियो। तर त्यस बेलाको आर्थिक मन्दीको प्रभाव भारतमा निक्कै काम परेको थियो। तर अहिलेको आर्थिक मन्दीले भारतलाई समेत चपेटमा लिन सक्ने बताइएको छ। जसले गर्दा भारतको जिडिपी ग्रोथ समेत आइएमएले घटाएको छ। आर्थिक वर्ष २०२२र२३ को आर्थिक ग्रोथ रेट ८० बिन्दुले घटाएको हो। गएको जनवरीमा भारतको आर्थिक वृद्धि दर ९ प्रतिशत हुने प्रक्षेपण थियो। तर त्यसलाई घटाएर ८.२ प्रतिशतमा झारिएको छ।
भारतको माग र आपूर्ति सोचे अनुरूप नहुने भएकोले नै उसको ग्रोथ रेट घटाइएको हो। भारतमा बढ्न सक्ने महँगीको कारण मागमा कमी आउने अनुमान गरिएको हो। भारतमा बढ्ने महँगीको असर नेपालमा सोझै पर्ने छ। भारतसँग जोडिएको अर्थतन्त्र भएकोले पनि नेपाल पनि यो मन्दी बाट पक्कै बच्न सक्ने छैन।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।