काठमाडौं - जलस्रोत, उर्जा तथा सिंचाइ मन्त्री पम्फा भुसालले महङ्गिदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय उर्जाको खपतलाई बढाउन आग्रह गरेकी छन् ।
मुलुकको आर्थिक समृद्दिको मुख्य आधार जलविद्युत भएको भन्दै उनले महङ्गिदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय उर्जाको खपतलाई बढाउन आग्रह गरेकी हुन् ।
नेपाल सर्भेयर एसोसिएसनले जलविद्युत आयोजनाको बीमाका समस्यामा केन्द्रित गर्दै आइतबार राजधानीमा आयोजना गरेको ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भनिन् “प्रकृतिले दिएको वरदान अर्थतन्त्रको महत्वपूर्ण स्रोत उर्जाको भरपुर उपयोग गर्न नसक्दा हामी आर्थिक र सामाजिक विकासका दृष्टिले पछि प¥यौं । ११२ वर्ष पहिले जलविद्युत उत्पादन गर्ने एसियामै पहिलो राष्ट्र भएर पनि जलविद्युतको उपयोग गर्ने सवालमा नेपाल पछाडी प¥यो ।”
पछिल्लो समय विद्युत उत्पादनमा आत्मनिर्भरको बाटोमा पुगेको भन्दै उनले उद्योग धन्दाका लागि पनि अहिले उर्जा अभाव नभएको बताइन् । मन्त्री भुसालले जलविद्युत आयोजनाको बीमाको विषयमा देखिएका समस्या समाधान गर्न मन्त्रालय तयार रहेको भन्दै सरोकारवालाहरुलाई यस विषयमा छलफलबाट समाधान निकाल्न आग्रह गरिन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।