शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘जुग जुग जियो’ ले विकेन्डमा (तीन दिन) राम्रो कमाई गरेको थियो । ९ करोड २८ लाखको ओपनिङ गरेको फिल्मले दोस्रो दिन १२ करोड ५५ लाख र तेस्रो दिन १५ करोड १० लाख कमायो । चौंथो दिनबाट फिल्मको व्यापार खस्किएको छ । चौंथो दिन फिल्मले ४ करोड ८२ लाख, पाँचौं दिन ४ करोड ५२ लाख र छैटौं दिन ३ करोड ९७ लाखको मात्र कमाई गरेको छ ।
फिल्मले छैटौं दिनसम्म ५० करोड २४ लाखको व्यापार गरेको छ । अनिल कपूर, नितु कपुर, बरुण धवन र कियारा आडवाणीको अभिनय रहेको फिल्मको यो व्यापारिक आँकडालाई कमजोर मानिएको छ । चौंथो दिनबाट व्यापारमा ठूलो गिरावट आइरहेकाले फिल्मको लाइफटाइम कलेक्सन ७० करोड पनि नकट्ने देखिन्छ । यो फिल्मको व्यापारले बलिउडलाई ठूलो झट्का दिएको छ ।
नेपालमा समेत खासै नचलेको ‘जुग जुग जियो’लाई बलिउडको ठूलो कम्पनी धर्मा प्रोडक्सन (निर्देशक तथा निर्माता करण जोहरको कम्पनी) ले निर्माण गरेको हो । कुनै बेला यो कम्पनीका फिल्मलाई प्रदर्शन अगावै ‘स्योर सट’ हिट मानिन्थ्यो । तर, केही वर्षयता करणले ठूलो लगानीमा बनाएका फिल्महरु लगातार पछारिरहेका छन् । ‘जुग जुग जियो’लाई राज मेहताले निर्देशन गरेका हुन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।