नेपालमा किन छापिँदैन नोट ?

१ बर्ष अगाडि

काठमाडौं - नेपालमा चलनचल्तीका सिक्का छापिन छोडेको १२ वर्ष बढी भइसकेको छ । यसअघि सिक्का छाप्दै आएको राष्ट्र ब्याङ्कको टक्सार विभागले अहिले असर्फी, स्मारिका सिक्का र पदकहरू मात्रै बनाउने गरेको छ ।

नेपालमा मेसिनहरू पुराना भएका छन् । साथै सबै सामग्री बाहिरबाट आयात गरेर यहाँ छाप्नभन्दा प्रतिस्पर्धाबाट छनौट गरिएको मुद्रकबाट बाहिरै छाप्दा सस्तो पर्ने निष्कर्ष निकालेर बाहिर छाप्न थालिएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । 

राष्ट्र ब्याङ्कले छापिएका नोट वा सिक्काहरूको जाँच गरेर मात्रै बजारमा पठाउने गरेको छ । दैविक छनौट प्रक्रियाको आधारमा विभागले पाँच प्रतिशत नोट वा सिक्काहरूमा छपाइ त्रुटिको जाँच गरेपछि मात्र चलनचल्तीमा पठाइने राष्ट्र ब्याङ्कको नोट तथा सिक्का टकमरी निर्देशिकामा उल्लेख छ ।

मुद्रा छापिसकेपछि बैंकका अधिकारीहरू सम्बन्धित देशको छापाखाना पुगेर आफ्नै उपस्थितिमा छपाइका लागि प्रयोग भएका प्लेटहरू नष्ट गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ ।

राष्ट्र ब्याङ्कका अनुसार नोटहरू दुईदेखि तीन वर्षसम्म र सिक्काहरू पाँचदेखि छ वर्षसम्म प्रयोगमा रहने गरेका छन् । पुराना भएका नोट वा सिक्कालाई राष्ट्र बैंकले सुरक्षित तरिकाले नष्ट गर्ने गरेको छ । पछिल्लो समय पुराना नोटहरू धुल्याएर ब्रिकेट बनाउने गरेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया